February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित यातायात कार्यालय सहयोगी र विचौलिया पक्राउ 

  • 61
    Shares
सांकेतिक तस्वीर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

दुबै जनालाई सो रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर उपमहानगरपालिका १० बस्ने बिचौलिया राजकिशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजातसहित ५० हजार रकम बरामत गरेको अख्तियारका सहायक प्रवक्ता वेदपूसाद भण्डारीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको