May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

सर्लाहीमा हतियारसहित एक जना पक्राउ

  • 7
    Shares

सर्लाही, सर्लाहीको कविलासीबाट आइतबार प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।

मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । “उनको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षक राठौरले भने ।

शीर्ष समाचार

धेरै पढिएको