
काठमाडौं, आफ्नै प्रेमिकालाई गोली हानी हत्या गर्ने युवक १० वर्षपछि पक्राउ परेका छन् । हत्यापछि फरार भएका उनी १० वर्षपछि शुक्रबार पक्राउ परेका हुन् ।
ताप्लेजुङको छाँगे–१ का कुमुकहाङ लिम्बू आङबुहाङलाई काठमाडौं मुलपानीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिएका छन् ।
पाँचथरमा २०६७ सालमा आङबुहाङले सामान्य विवाद हुँदा आफ्नो प्रेमिकालाई गोली हानी हत्या गरेका थिए ।






