April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर हतियारसहित पक्राउ 

काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक हतियारसहित पक्राउ परेका छन् । डीबी सिलवाल पनि भनिने विकलाई आज मोरङ प्रहरीले बिहान सार्वजनिक गरेको छ ।

बूढीगंगा गाउँपालिका–४ मा बुधबार उद्योगी–व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको गोप्य सूचनाका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् ।


संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका विक मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका प्रतिवादीसमेत रहेको उनले जानकार दिएका छन् ।

प्रहरीका अनुसार विकका साथबाट सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ र सिमकार्ड ५ थान बरामद गरिएको छ ।

विकले प्रयोग गरेको को२४प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको