ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

बागलुङ, बागलुङमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका-४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताएका छन् ।
विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थियो ।
विसं २०७६ कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।
प्रतिकृया दिनुहोस्