January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

फेसबुकमा ‘जव भ्याकेन्सी’ को पेज बनाई बेरोजगार युवाहरुलाई ठग्ने एक पक्राउ

  • 22
    Shares

काठमाडौं, सामाजिक सञ्जाल फेसबुकमा ‘जव भ्याकेन्सी’ को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् ।

उनले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको