January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

सर्लाहीमा गाँजासहित एक दम्पती पक्राउ 

  • 2
    Shares
सांकेतिक तस्बिर

सर्लाही, सर्लाहीमा प्रहरीले बुधबार लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् ।

ज।११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका(१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिएका छन् ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको