January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

  • 32
    Shares

पोखरा, बिन्धवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सोमवार पक्राउ गरेको हो ।

गायक प्रमोद खरेललगायतका ५७ जना कलाकारले महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी दिएका थिए ।

गायक खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी र लीना शर्माको नाम समावेश गरिएको थियो । लीना र सुवास श्रीमान श्रीमती समेत हुन् ।

सुवास भने काठमाडौंबाहिर रहेकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको जनाएको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ ।

गायक खरेलले विन्ध्यवासिनीसँग ‘प्रणय’ एल्बमको सम्झौता सकिएपछि फिर्ता माग्दा सार्वजनिक रूपमा गालीबेइज्जती र इज्जतमाथि दाग लगाउने विभिन्न गतिविधि भएको भन्दै प्रहरीको सहयोग माग्न पुगेका थिए ।

केही दिनअघि सञ्चालक सुवास रेग्मीले लोकान्तरसँग कानूनले जे भन्छ त्यो गर्न तयार रहेको तर त्यसअघि एल्बम फिर्ता दिन नसक्ने बताएका थिए । 

शीर्ष समाचार

धेरै पढिएको