January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

सप्तरीमा भैँसी चोरेर फरार भएको २४ वर्षपछि पक्राउ

  • 44
    Shares
file photo

सप्तरी, सप्तरीमा भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो ।

उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । बातरलाई हाल जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको