टोखामा श्रीमान- श्रीमतीको शव फेला

काठमाडौं, काठमाडौंको टोखामा श्रीमान- श्रीमतीको शव शंकास्पद रुपमा भेटिएको छ । बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् ।
टोखास्थित एक अपार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृतअवस्थामा फेला पारेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काका अनुसार केसीलाई हत्या गरी उनकी पत्नी गिरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
उनिहरुको शव पोस्टमार्टमका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । केसीका परिवारले भने हत्यापछि आत्महत्या भनिए पनि घटना शंकास्पद भएको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस्