February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

नक्कली आइडी बनाई डेटिङ एपमा महिला ठग्ने तीन नेपालीसहित ५ जना पक्राउ

दिल्ली, दिल्ली पुलिसले डेटिङ एप दुरुपयोगका साथै महिलालाई ठग्ने अपराधी समुहलाई पक्राउ गरेको छ । दिल्लीको दक्षिण पश्चिम जिल्ला प्रहरीले धोखाधडी गिरोहका समुहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना अफ्रिकी, ३ जना नेपाली र १ भारतीय नागरिक छन् ।

डेटिङ एपको दुरुपयोग गरि महिलासँग ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राऊ गरेका हुन् । प्रहरीले उनीहरूको साथबाट नक्कली आईडी बनाउने सामान, कम्प्युटर, प्रिन्टर, नक्कली आधार कार्ड, प्यानकार्ड र मतदाता परिचयपत्र बरामद गरेको छ । यस बाहेक प्रहरीले धेरै बैंकहरूको पासबुक र क्रेडिट डेबिट कार्डहरू पनि फेला पारेका छन् । ती सबैविरूद्ध धोखाधडीको मुद्दा दायर गरिएको छ ।

आरोपी समुहले पहिले डेटिङ एपमा नक्कली प्रोफाइलहरू बनाउँदछन । र त्यसपछि महिलाहरुसगँ मित्रवत व्यवहार गर्छन् । जब कुनै महिलाले उनीहरूमा विश्वास गरि पैसा पठाउन थाल्छन् तब यी व्यक्तिहरू केही बहानामा हराउँथे ।

प्रहरीका अनुसार केही दिन अघि एक महिलाले डेटिङ एपमा विजय गिरी नाम गरेको डाक्टर भेट्टाएको गुनासो गरेकी छन । बिस्तारै, ती दुई साथी भए । उक्त महिलाका अनुसार विजयले उनी अमेरिकाका हुन् भनेर बताएका थिए तर पछि उनी लण्डनमा सेटल भएको बताए ।

एक दिन उनले ती महिलालाई आफुले भेट्न चाहने कुरा बताए । र उनले महिलालाई आफ्नो लागि घर खोज्न पनि भने । यसैबीच एक दिन ती महिलालाई विजयको फोन आउँछ । उनी मुम्बई एयरपोर्टमा अवतरण गरेको कुरा बताए तर अधिक विदेशी मुद्रा र सामानको कारण कस्टम द्वारा रोकिएको जानकारी दिए । विजयले आफुलाई घूस र शुल्कको लागि तत्काल पैसा चाहिएको बताए ।

उनले आइमाईलाई मद्दतको लागि सोधे र महिलाले उनलाई विश्वास गरी र उनको खातामा नगद जम्मा गरे । तर पैसा जम्मा भएपछि विजयको फोन बन्द भयो । त्यसपछि ती महिलाले आफू ठगीको शिकार भएको बुझिन र प्रहरीकोमा निवेदन दिइन । महिलाको गुनासोमा प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरे ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त महिलाको पैसा जम्मा गरेको बैंक खातामा अनुसन्धान गर्यो । तर आरोपीको ठेगाना फेला परेन । यसै बीच आरोपीले नयाँ खाताहरू खोल्न प्रयास गरिरहेको प्रहरीले थाहा पाए । त्यसपछि प्रहरीले पूर्वी दिल्लीको एक प्रकाश नामक आरोपीलाई पक्राउ गर्यो ।

प्रहरीले प्रकाशलाई सोधपुछ गरेपछी सम्पूर्ण रहस्य खुल्यो । प्रकाशले दिएको सूचनाको आधारमा प्रहरीले एक अफ्रिकी, ३ नेपाली नागरिक र एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । उनिहरुलाई नियन्त्रणमा लिएसँगै प्रहरीले कति व्यक्तिलाई उनीहरूले आफ्नो शिकार बनाए भन्नेबारे थप अनुसन्धान जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको