
मकवानपुर, मकवानपुरमा ६५ केजी अवैध गाँजासहित ८ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिकाबाट ६५ केजी अवैध गाँजासहित शुक्रबार प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरीको वडा नं ८ सिमपानीस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनलाई आज बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।






