
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित सोमबार एक जना पक्राउ परेका छन् ।
झापा मेचीनगर–२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो भने यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






