January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

कपिलवस्तुमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ

  • 1
    Share

कपिलवस्तु, कपिलवस्तुमा बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका ४ बस्ने २० वर्षिय अल्ताफ बढाईलाई प्रकाउ गरि बिहिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवादगरेकोले वालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताएका छन् ।

घटनास्थलमा बढईको पर्स भेटिएको र बालिकाको मोबाईल युवकसँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताए । गत पुस ११ गते बाट सम्पर्क बिहिन भएकी रोकाको शव दुइ दिन पछि जवाई खेलामा फेला परेको
थियो ।

शीर्ष समाचार

धेरै पढिएको