January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

श्रीमानको हत्या गरेको भन्दै रक्ताम्य चक्कुससहित श्रीमती प्रहरी कार्यालय पुगेपछि..

  • 23
    Shares

रुकुम पश्चिम, जिल्लाको मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा आइतबार बेलुकी ५ :१५ बजेतिर हातमा चक्कुसहित आफुले आफ्नो श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयमा ती महिला आएपछि घटनास्थलतर्फ गएको प्रहरी टोलीले उनका ३९ वर्षीय श्रीमान् चित्रबहादुर थापाको शव उनकै घरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घटनास्थलमा धारिलो हतियार ( चक्कु) प्रयोग गरी हत्या गरेको शव भेटिएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । आफैले अपराध गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् ।

शीर्ष समाचार

धेरै पढिएको