March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

अवैद्य हुण्डी कारोबार गर्ने एक जना पक्राउ

  • 9
    Shares

काठमाडौं, अवैद्य हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले काठमाडौँको न्युरोडबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् ।

महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फेला पारेको थियो ।

उनको शरीर तलासी गर्दा उनको साथबाट हालसम्म स्रोत खुलाउन नसकेको हुन्डी कारोबारको १३ लाख ५ हजार रुपैयाँ प्रहरीले फेला पारेको थियो । तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको