April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

ओछ्यानमा पिसाब फेरेको भन्दै आफ्नै बाबुले गरे तीन वर्षिया छोराको हत्या

दिहाडी, भारतको उत्तर प्रदेशका एक दिहाडी मजदुरले आफ्नो तीन वर्षका छोरालाई ओछ्यानमा पिसाब फेरेको भन्दै कुटपिट गरेर हत्या गरेका छन् । बालककी आमाले प्रहरीलाई उक्त घटनाबारे सूचना दिएपछि आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 

छोरालाई मारिसकेपछि आरोपी शव बोकेर हमीरपुर भागेका थिए । हमीरपुर प्रहरीले नियन्त्रणमा लिएर कानुनपुर प्रहरीलाई बुझाइएको छ । कानपुर नगरका एसपी बृजेश श्रीवास्तवले भने, ‘आरोपी शन्तराज इँटा भट्टामा काम गर्ने मजदुर हुन् । छोराको हत्या गरेपछि धम्क्याउँदै पत्नी र छोरीलाई घटनाबारे कसैलाई नबताउन भनेका थिए ।’

प्रहरीबाट बच्न उनी छोराको शव र परिवारका अन्य सदस्यसहित हमीरपुर जिल्लाको चानी गाउँमा भागेका थिए । प्रहरी अधिकारीले भने, ‘सन्तराजले साथमा सुतेका आफ्ना छोरा रवीन्द्रलाई रिसको झोँकमा यसकारण मारे, किनकी मंगलबार राति रवीन्द्रले ओछ्यानमा पिसाब गरेका थिए ।’ 

उनले अरु बच्चा र पत्नीको अगाडि नै निर्ममतापूर्वक छोरालाई कुटेका थिए । आमाले आफ्नो छोराको लागि दयाको भीख माग्दै रहिन् । तर, उनी रोकिएनन् । उनले बच्चाको ज्यान नजाँदासम्म पिटिरहे । त्यसपछि उनी शव लिएर भागे । रवीन्द्र सन्तराजका कान्छा छोरा थिए । त्यसअघि दुई छोरी छन् । एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको