टिकापुर घटनाका मुख्य योजनाकार चौधरीको मुद्दाको सुनुवाई आज हुने

काठमाडौं, टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज हुने भएको छ ।
वि.सं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।
चौधरीका कानुन व्यवसायी गजेन्द्र केसीले मुद्दाको सुनुवाई आज हुने जानकारी दिएका छन् । कानुन व्यवसायी केसीले चौधरीले सफाइ पाउने प्रशस्त आधारहरु भएको दाबी समेत गरेका छन् ।
जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो । चौधरीलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।
प्रतिकृया दिनुहोस्