January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरि एक महिलाको हत्या

  • 4
    Shares

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ । चन्द्रौटाको पुरानो बवजारमा डेरा गरि वस्दै आएका दाङ सतवरिया घर भएकी ५१ वर्षिय महिला सुशिला खडकाको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिएका छन् ।

गएराति खडकाको टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरि क्रुर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आंशकामा प्रहरीले डेरामा सुशिलासंगै बस्ने भतिजो तारण वहादुर खडकालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पलात तौलिहवा पठाईएको प्रहरी निरिक्षक खरेलले बताए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । महिलाको हत्या भएपछी यस क्षेत्रका नागरिक त्रसित भएका छन ।

शीर्ष समाचार

धेरै पढिएको