April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भारतबाट अबैध रुपमा छली गरि ल्याउदै गरेको कपडा बरामद

नवलपरासी, जिल्लाको पश्चिम नवलपरासीमा भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कपडा प्रहरी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुई लाख ७१ हजार २ सय मुल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।

बुधबार भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ३३ रोलमा ६सय ७८ मिटर लेडिज सुरुवालको थान कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं.१ झरहीखोलाबाट बरामद गरेको जनाएको छ ।

उक्त कपडा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि कपडा फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।

उक्त बरामद भएका कपडा आजै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको