January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

ट्रकमा लोड गरीरहेको अवस्थामा अबैध गाईगोरु चालकसहित सहचालक पक्राउ

  • 19
    Shares

कपिलबस्तु, जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ट्रकमा लोड गरी रहेको अबैध गाई गोरु चालकसहित सहचालक नियन्त्रणमा लिएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका-५ सुखलीनाला स्थित ट्रकमा १८ गाई र १२ गोरु लोड भईरहेको आवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तस्करीका लागि ना ७ ख ३४० नं.को ट्रकमा लोड गरी झापा जिल्लामा लैजान लागेको आवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताएका छन् ।

पक्राउ पर्ने ट्रक चालक बाणगंगा नगरपालिका वडा नं. २ का ३६ वर्षिय ओमकार थापा र सोही स्थानका ट्रकका सहचालक २९ वर्षिय लक्ष्मण घिमिरे रहेको ईलाका प्रहरी कार्यालय गोरुसिंङेका प्रहरी निरिक्षक कृष्ण राना मगरले बताए ।

चालक र सहचालक दुबैलाई नियन्त्रणमा लिएको र गाई गोरुलाई पशु क्वारेन्टाईन चेकपोष्ट कृष्णनगर पठाईएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको