January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न रहेका तीन पक्राउ

  • 2
    Shares

काठमाडौं, सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ । ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम भने नखुलाइएको पनि ब्यूरोले जनाएको छ ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन् ।

उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले सोमबार जारी गरेको सूचनामा जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको