May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

बैतडीमा किशोरी बलात्कारको अभियोगमा वडाध्यक्ष पक्राउ

  • 22
    Shares

बैतडी, किशोरी बलात्कार घटनामा संलग्न भएको आरोपमा प्रहरीले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेरसिहँ साउदलाई पक्राउ गरेको छ ।

पीडितले दिएको किटानी जाहेरीके आधारमा सिगास–३ का अमरसिंह धामी र मनोज धामी प्रक्राउ परेका हुन् । सिगास घटनामा चार जना बिरुद्ध किटानी जाहेरी परेकोमा मुख्य आरोपी दिपक धामी भारततिर फरार भएको प्रहरीले जनाएको छ ।

गत जेठमा सिगासकी एक किशोरीमाथि पानी भर्न जाँदा बलात्कार भएको थियो । उक्त घटनामा पिडकले कार्तिक भित्र एक तोला सुन दिने भन्दै गाउमै मिलापत्र गरिएको थियो । कार्तिक भित्र सुन नदिएपछि घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको