
रुपन्देही- रुपन्देहीकाे तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा पाँच जनाको हत्या भएको छ । हत्या गर्ने ब्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् । रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्ममा काम गर्ने कामदारहरु हुन ।
दुई जना भने स्थानीय हुन । मृतकहरुमा एक महिला छन् भने चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरुको पुरा परिचय अझै खुलेको छैन । उक्त फर्म स्थानीय कृष्ण पुनको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिंजालीले पांचै जनालाई तन्नाले बेरेका राखेका थिए । सिंजालीले कोदालो प्रहार गरीे हत्या गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा खटिसकेकाे बताएका छन् ।
केही स्थानीयहरुलेले सिंजाली मानसिक सन्तुलन गुमाएका ब्यक्ति रहेको पनि जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने ५ बजे दुध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिंजालीले राती ९ बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेरे आएकाे स्थानीय प्रत्यक्षदर्शीकाे ठम्याइ छ ।





