November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

  • 24
    Shares

काठमाडौंको नागढुंगाबाट श्रोत नखुलेको चालिस लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । आज बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार गुप्ताको झोलाबाट सो रकम प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका-२ का ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याइरहेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको रकम हजार दशका चार हजार थान रहेको छ। बरामद रकमबारे थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको