December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

घुस लिएको अभियोगमा प्रहरी कामेत रङ्गेहात पक्राउ

  • 12
    Shares

सप्तरी, घुस लिएको अभियोगमा सप्तरीमा एक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले आइतबार प्रहरी नायब निरीक्षक सिकिन्दर कामेतलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

बरादम मोटरसाइकल छाड्नका लागि रु ५० हजार लिएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा कार्यरत प्रनानि कामेतलाई पक्राउ गरिएको हो ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको