May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

आर्थिक कारोबारको विवादमा एक युवकले काकालाई पेट्रोल छर्केर जिउँदै जलाए

  • 6
    Shares

भारत, भारतको उत्तर प्रदेश बांदा जिल्लास्थित फतेहगंज पुलिस क्षेत्रको जबरापुर गाउँमा एक युवकले आफ्नो काकालाई पेट्रोल छर्किएर जिउँदै जलाएका छन् । काकाको उपचारको क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो । प्रहरीले आरोपी युवकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बुधवार साँझ रामभरोसे (हत्यारा) ले उनका वास्तविक काका बिन्दा प्रसादमाथि फतेहगंज पुलिस क्षेत्रको जबरपुर गाउँमा पेट्रोल छर्काएर आगो लगाएका हुन् । उनलाई गम्भीर अवस्थामा उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार साँझ उपचारका क्रममा उनको जिल्ला अस्पतालमा बिंदा प्रसादको मृत्यु भएको हो ।

बिन्दाको शव पोष्टमार्टमको लागि पठाइएको छ । अतर्राका प्रहरी नायब उपरीक्षक सत्यप्रकाश शर्माले भने, “रामभरोसेले बिन्दासँग केही पैसा ऋण लिनु परेको थियो जुन बिन्दाले फिर्ता दिएका थिएनन् । दुई दिन पहिले यस विषयमा दुईबीच आपसी झगडा पनि भएको थियो । आगो जलाउने आरोपित रामभरोसेलाई बुधबार राति पक्राउ गरिएको थियो । यसअघि पनि उनीविरुद्ध हत्याको प्रयासको मुद्दा दर्ता गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको