May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कैलालीमा भारतिय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

  • 25
    Shares

कैलाली, नक्कली बुबा भने फरार कैलाली, भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने कैलालीका वडाध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ परेका छन् । भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जोशीले २०७५ फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाई भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको