September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

नक्कली डाक्टर बनेर बिरामी जाँच गर्ने तेलि पर्साबाट पक्राउ

पर्सा, पर्साको वीरगंज महानगरपालिका-२ छप्कैयाबाट एक नक्कली डाक्टर पक्राउ परेका छन् । यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।