November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ

  • 20
    Shares

कास्की, पोखरामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यलय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा लेकसाइडबाट तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला लमजुङ बेशिसहर नगरपालिका -८ शेराफांट बस्ने ३६ वर्षीय नवराज थापा, जिल्ला कास्की पोखरा महानगरपालिका -६ लेकसाईड बस्ने २८ वर्षीय लक्ष्मण आचार्य र सोही स्थानकै ३४ वर्षीय सबिन पहारी रहेको गण्डकी प्रहरी कार्यलयले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले प्रतिबन्धित लागूऔषध बुप्रिनर्फिन इन्जेक्सन-५५ एम्पुल, फेनेरागन-५५ एम्पुल र डाईजापाम-५५ एम्पुल गरी जम्मा १६५ एम्पुल र नाईट्रोभ्याट १२० चक्की समेत बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि प्रहरीले उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको