
जाजरकोट, जाजरकोटको जुनीचाँदेमा बुधवार भएको जीप दुर्घटनामा परी बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाईते भएका छन् ।
जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दिउँसो ३ बजे दुघर्टना मा परेको हो ।
मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष ५० वर्षिय अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय पूर्व जिविस सदस्य कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाही रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय स्वास्थ्यकर्मी कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया बीद्यार्थी मालिका बस्नेत रहेका छन् । दुर्घटनामा परि एक जना मजकोट खोलामा बेपत्ता भएको छ भने वडा नम्बर ११ का ५५ वर्षिय शिक्षक नरबहादुर बुढा गंभिर घाईते भएको र हाल उनको सुर्खेतमा उपचार भइरहेको छ । औलभीरबाट खसेको गाडी करीव पाँच सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो ।
यता बाटोको स्तरोन्नती नहुँदा ठूलो मानवीय क्षति भएको भन्दै उचित क्षतिपूर्तीको माग सहित स्थानीय आक्रोशमा आएकोे जनाइएको छ । स्थानीय रेशम खड्काका अनुसार सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।






