
नयाँदिल्ली, भारतको राजधानी दिल्लीको बुराडी इलाकामा २० रुपैयाँको विवादमा १३ वर्षिय छोरा रोहितको सम्मुन्ने उनको बुबालाई निर्घात कुटपिट गरि हत्या गरेको छ । कुटपिटबाट घायल भएका उनलाई अस्पताल लगिएको थियोे तर डाक्टरले मृत्यु भएको घँषणा गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार ३८ वर्षिय रुपेश संत नगर इलाकामा उनी आफ्नो १३ वर्षिय छोरा र श्रीमती र चार बच्चासँग बस्थे । रेपेश साँझ घर नजिकै सरोज नाम भाइयोको सैलुनमा कपाल दारी काट्न गएका थिए । कपाल काटिसकेपछी संतोषले रुपेशलाई ५० रुपैयाँ मागे र उनले ३० मात्र दिए र बाँकी पैसा पछि दिने कुरा गरे यसपछि २० रुपैयाँलाई लिएर कुरा यति जटिल बन्यो कि संतोष र उनका साथी सरोजले रेपेशलाई पसलमा राखेको प्लास्टिकको पाइपले एक्कासि पिट्न थाले ।
मारपिट गर्दै गरेको भिडियो पनि सार्वजनिक भयो, जुन भिडियोमा एक बच्चाको सामुन्ने आफ्नो बुबालाई मारेको देखिन्छ । बच्चाले आफ्ना बुबालाई बचाउँन कोशिश गरेका छन् तर आरोपी व्यक्ती भने लगातार कुटपिट गरिरहेका छन् । भिडियोमा धेरै व्यक्ति उपस्थित देखिन्छ तर कसैले पनि बचाउने प्रयास गरेनन् । रोहितले आफ्नो बुबालाई बचाउन धेरै कोशिश गरे तर आफ्नो बुबालाई कुटपिटबाट बचाउन सकेनन् ।






