December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

झापामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

फाइल फोटो

दमक, कोरोना सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आज मृत्यु भएको हो ।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको