December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

फाइल फोटो

बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

मृतक पुरुषलाई भदौ ४ गते कोरोना पुष्टि भएपनि नौ दिनअघि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

शीर्ष समाचार

धेरै पढिएको