November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

सेवाग्राहीसँग घुस लिएको अभियोगमा वडाध्यक्ष अदुअआको नियन्त्रणमा

सांकेतिक तस्बिर

रुपन्देही, सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको