December 4, 2023, Monday
२०८० मंसिर १९, मंगलवार

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,अन्त्येष्टि आजै गरिने

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो । दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उहाँको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।


शीर्ष समाचार

धेरै पढिएको