December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

मोटरसाइकल परि दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

विराटनगर, जिल्ला प्रहरी कार्यलय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका विजयकुमार मण्डल मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए भने उनको उपचारका क्रममा मृत्यु भएको छ ।

कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान ४ बजेतिर उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताएका छन । उनका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइएको थियो। 

शीर्ष समाचार

धेरै पढिएको