March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिपोर्ट नेगेटिभ

फाइल तस्बिर

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्राधिकरणका एक इन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनका सम्पर्कमा रहेका
कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको