April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बालुवाखानीमा लाइन सर्ट भएर आगोलागी

कपन, बालुवाखानीमा बिजुलीको पोलमा लाइन सर्ट भएर आगोलागी भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१० स्थित बालुवाखानीमा शुक्रबार साँझ आगोलागी भएको हो ।

घटनास्थलमा उपस्थित प्रहरी स्रोतका अनुसार नेटको तार सर्ट भएर आगो लागेको र करिब आधा घण्टासम्म निरन्तर आगो बलिरहेको थियो । स्थानियको सहयोगमा हाल उक्त आगो नियन्त्रणमा लिइएको छ भने आगो लागेको केहि बेरमै प्रहरी घटनास्थल पुगेका थिए ।

जथाभावी तार व्यवस्थापनका कारण जोखिम निम्तिएको र
समय समयमा यस्ता समस्याबाट गुज्रिनु परेको स्थानीयको गुनासो छ । आगोलागीबाट खासै मानवीय र भौतिक क्षेती नभए पनि केही समय सो क्षेत्रको विद्युत प्रवाहमा समस्या देखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको