April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सर्वोच्चमा आज गोरु ब्यायो, देश अस्थिरतामा फस्ने खतरा: थापा

काठमाडौं, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला असन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गरेका छन् । 

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

शीर्ष समाचार

धेरै पढिएको