July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

नेता खनालको थप उपचारका लागि नयाँदिल्ली लगिंदै

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । खनालको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको हो ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको