
भक्तपुर, भक्तपुरमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जसमा ६ जना पुरुष र २ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार त्यहाँका ४ वडामध्ये सबैभन्दा बढी चाँगुनारायण नपामा मात्रै ३ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।
यस्तै मभ्यपुर थिमि र सूर्यविनायकमा एकएक जना महिला र पुरुष गरी ४ जना तथा भक्तपुर नपाका एकजना पुरुष संक्रमितको मृत्यु भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् ।
योसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १६२ जना पुरुष र ८३ जना महिला गरी २४५ जना पुगेको छ ।
त्यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ६१ जना पुरुष र २५ जना महिला गरी ८६ जना संक्रमितको मृत्यु भएको छ ।







