
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले दश दिनमा कोरोनालाई पराजित गरेको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, “सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे छ । अघिल्लाे शुक्रबार स्वाव परीक्षण गराउँदा पाेजिटिभ रिपाेर्ट आएकाे जानकारी गराएकाे पनि थिएँ । ताेकिएअनुरूप हाेम आइसाेलेसनमा बसेर दशाैं दिनमा हाम्राे घरभित्र सबैबाट दाेस्राे भेरिएन्ट निस्तेज र परास्त नै भएको छ ।”
थापाले सोसल मिडियाका वालहरूमा थुप्रै परिचित स्वजनहरू गुमाउनुपरेका जानकारीले आइसोलेसनमा बस्दा अति नै छट्पटी हुने गरेकोसमेत स्मरण गराएका छन् ।






