June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ, सल्लाहकार थापा र भण्डारीलाई पुनः संक्रमण

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका व्यक्तिमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

थापा र भण्डारीलाई पहिलो चरणमा पनि कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको