April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनमा ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको हो ।

आइतबार गरिएको परीक्षणको रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको शर्माले बताएका छन् ।

आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको