March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

विप्लव काठमाडौं आइपुगे, प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाँदै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेपछि उनी पूर्वी नवलपरासीको देवचुलीमा आज बिहान सार्वजनिक भएका थिए ।

उनी हाल नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । सम्बोधन गर्नु अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।