
काठमाडौं, सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडाैंको शान्तिवाटिका र माइतीघर मण्डलामा मंगलबार दिप प्रज्ज्वलन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले गत पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशीलले दीप प्रज्ज्वलन गरेका हुन् ।

संसद पुनःस्थापनाको खुसियालीमा रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ ।







