रामेछापको मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते
- hamro_kantipur
- २०७७ फाल्गुन ७

रामेछाप, रामेछापको मन्थली नगरपालिका मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान मच्छेडाँडीमा उक्त यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
रामेछापको सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा५ख २८५७ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जानकारी दिएका छन् भने सो दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।
शीर्ष समाचार
- टेस्ट सिरिज: इंग्ल्यान्डविरुद्ध तेस्रो खेलमा भारतको शानदार जित
- कांग्रेसले सत्ता समीकरणबारे तत्काल कुनै सहकार्य नगर्ने
- संसद पुनःस्थापनापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
- सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुप
- वैदेशिक रोजगारीमा म्यानपावरको ठगी, पीडितको ३ करोड रुपैयाँ असुल्नुपर्ने
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्