January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 1
    Share

बाँके, बाँकेस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको भएको छ । दाङ लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाँकेमा संक्रमणाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको