March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

कोरोना संक्रमणबाट दक्षिण कोरियाका लागि पुर्व राजदुत लामाको निधन

काठमाडौं, दक्षिण कोरियाका लागि पुर्व राजदूत कमान सिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो ।

उनको पारिवारिक स्रोतअनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् ।

उनी सन २०१२ -२०१६ सम्म कोरियाका लागि नेपाली राजदुत पद सम्हालेका लामा तत्कालीन न्कपा माओवादी तर्फबाट सांसद पनि थिए । उनलाई नेकपा माओवादी तर्फबाट कोरियाका लागि राजदुत पदमा नियुक्ति गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको